Sunday, December 3, 2017

कुन कुन उद्योग डुबायो कांग्रेसले ?

काठमाण्डौ, १५ मंसिर । संघिय संरचनासहितको पहिलोपटक हुन गईरहेको नेपालको निर्वाचन नयां दिशानिर्देश गर्ने निर्वाचनमात्र होईन बिगतलाई समिक्षा गर्ने र नयां बाटो कोर्ने निर्वाचन पनि हो । मतदाताहरु मतदान गर्न गईरहंदा निर्वाचनमा मत खसाल्नु अगाडी बिगतमा दलहरुले गरेका राम्रा र नराम्रा कामहरुको पनि समिक्षा गर्न जरुरी छ । नेपाली राजनीतिको समिक्षा गर्नेहो भने नेपालमा जवजव कांग्रेस नेतृत्वको सरकार आएको छ तवतव भ्रष्टाचारले प्रश्रय पाएको छ । राष्ट्रिय उद्योगधन्दाहरु बेचिएकाछन् र अर्थतन्त्रमा नकारात्मक असर देखिएको छ ।

कुनैबेला बिश्वमा पहिचान देखाउन सक्ने मुलुक आर्थिकरुपमा त्यसै जर्जर भएको होईन । बिश्व समुदायमा गरिव मुलुकको सुचिमा सुचिकृत हुनु कसैको दोष बिना सम्भव नै हुंदैन, तर नेपाल बिगत ५० वर्षदेखि लगातार ओरालो लाग्ने क्रममा छ । बिशेषगरि पंचायतले जर्जर बनाएको मुलुकलाई आर्थिक सम्पन्नताको दिशामा लैजाने बिषयमा ४६ सालको आन्दोलनमा सहभागि धरैले अपेक्षा गरेका थिए । तर ४६ सालकोे जन आन्दोलन पछि जव जव कांग्रेसले सरकार चलाएको छ तव तव मुलुकमा भ्रष्टाचार र आर्थिक बिचलनले जरो गाडेको देखिएको छ । कांग्रेस नेतृत्वको सरकारले प्रजातन्त्र प्राप्ती लगत्तै लिएको निजीकरणको नितीले मुलुकका उद्योग कलकारखाना डुबाएको मात्र छैन मुलुकमा भ्रष्टाचारको संस्थागत बिकास पनि गरेको छ । कांग्रेस सरकारले निजीकरण गरको अधिकांश संस्थानको अवस्था कमजोर देखिएको छ । सरकारको सेयर स्वामित्व आंशिक वा पूर्ण रूपमा बिक्री गरी निजीकरण गरिएका अधिकांश कम्पनी बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका पनि घाटामा छन् ।

२०४८ मा निजीकरणको नीति लिएपछि हालसम्म ३० भन्दा बढी उद्योग तथा व्यावसायिक संस्थानलाई निजीकरण गरिसकेको छ । यसमध्ये ११ वटा संस्थान मात्रै सञ्चालनमा छन् । बांकी १९ मध्ये ३ वटा संस्थान अस्तित्वमा छैनन् ९ वटा बन्द अवस्थामा छन् भने ७ वटा सञ्चालनमा छैनन् ।

निजीकरणपछि सञ्चालनमा रहेका ११ मध्ये ५ संस्थान मात्रै नाफामा रहेको अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । बांकी ६ वटा संस्थान भने नोक्सानमा रहेका छन् । निजीकरण गरिएका संस्थानको अवस्था कमजोर हुनुलाई सरकार र व्यवसायीले एक–अर्कालाई दोष देखाएका छन् । कमजोर अवस्थाको संस्थानको स्वामित्व बिक्रीपछि सरकारले कुनै सहयोग नगरेको उद्योगी व्यवसायीको अरोप छ । सरकारले भने निजी क्षेत्र नै जिम्मेवार नभएकाले निजीकरणमा गएका संस्थानको अवस्था दयनीय भएको जनाएको छ । राम्रोसंग चलिरहेका उद्योगहरुलाई कौडीको मुल्यमा बेचेपछि उद्योग सुक्नुको बिकल्प नभएको राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटा बताउंछन् ।
सरकारले सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग निजीकरण नगर्ने घोषणा गरेको छ । २०७३ सालमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला आफ्नो स्वामित्वमा रहेका उद्योगको स्वामित्व सरकारमै रहने गरी लगानी व्यवस्थापन र सञ्चालन गर्न निजी क्षेत्रलाई लिजमा उपलब्ध गराउने नीति लिएको थियो ।
कांग्रेसले निजीकरणका नाममा डुबाएको उद्योगहरुलाई संचालनमा ल्याउने र आर्थिक क्षेत्रमा आएको बिचलनलाई सच्याउने तत्कालीन ओली सरकारले निर्णय समेत गरेको थियो । निजीकरण आफैमा खराब नभएपनि राज्यले नियमन नगर्दा परिणाम राम्रो नआएको देवकोटाको भनाई छ ।

कांग्रेसको निजीकरणको नितीका कारण डुबेका उद्योगहरुः
निजीकरणपछि पनि नोक्सानमा चलेका उद्योग
नेपाल रोजिन एण्ड टर्पेन्टाइन
नेपाल चिया विकास निगम
निजीकरणपछि बन्द भएका उद्योग
भृकुटी पल्प एण्ड प्रतिष्ठान मिल्स
हरिसिद्धि इटा टायल कारखाना
बालाजु कपडा उद्योग
कृषि आयोजना सेवा केन्द्र
नेपाल कोल लिमिटेड
हेटौंडा कपडा उद्योग
वीरगन्ज चिनी कारखना लिमिटेड
कृषि औजार कारखाना लिमिटेड
बन्द नभएका तर सञ्चालनमा नरहेका उद्योगहरु
रघुपति जुट मिल
घरेलु शिल्पकला बिक्री भण्डार
नेपाल यातायात संस्थान
नेपाल ड्रिलिङ कम्पनी
निजीकरणपछि अस्तित्वमै नरहेका संस्थान
बांसबारी छाला जुत्ता कारखाना
कांचो छाला संकलन तथा विक्री कम्पनी
नेपाल जुट विकास तथा व्यापार कम्पनी
कांग्रेसका केन्द्रमा रहेका केहि नेताहरुले भोगेको भ्रष्टाचारको कारवाहिबाट पनि कांग्रेसले संस्थागत भ्रष्टाचार गरेको पुष्टी गरेको छ । डाक्टर राम शरण महत अर्थमन्त्रीहुंदा थालनी गरिएको राष्ट्रिय गौरवका उद्योगहरुलाई कौडीको मुल्यमा बेच्ने नितीमाथी कांग्रेसजनहरु अहिले पनि गौरव महसुस गर्ने गरेकाछन् । कुनैबेला उद्योगका नामबाट गौरव गर्ने उद्योगहरुलाई सम्झना गर्ने धेरै नेपालीहरु अहिले पनि जिउंदै छन् तर कांग्रेसले कौडीका मुल्यमा बेचेका कारण ति उद्योगहरु एकादेशको कथा जस्तै बनेको छन् ।

पुजीबादी क्रान्ती गर्दै समाजबादको दिशामा जाने घोषणापत्रकासाथ चुनावी मैदानमा उत्रीएका कम्युनिष्टहरुले भोलिका दिनमा कस्तो अर्थनिती अपनाउलान् त्यो बामपन्थीहरुको सरकार बनेपछि नै थाहा होला । तर कागजमा लेखिएजस्तै राष्ट्रिय उद्योगको संरक्षण गर्दै समाजबादमा मुलुकलाई लैजाने कार्यबाट बिचलित बनेमा जनताले कम्युनिष्टहरुलाई पनि माफी दिने छैनन् ।

Wednesday, May 27, 2015

वानर जस्ता बालक

Image Title

Saturday 18th of April
अछाम, ५ वैशाख, यहाँ एक अनौठो शिशुको जन्म भएको छ । दुर्गम बलाता –४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप वानरको जस्तो र टाउकाको गिदी बाहिरी भागमा छ । बलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका ती बालकको आँखा साह्रै ठूलो र  हातखुट्टा मोटो रहेको भए पनि औँला भने अन्य शिशुको जस्तै रहेको स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताउनुभयो । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।  शिशुलाई हेर्न स्थानीयवासीको घुइँचो लागेको स्थानीयवासी राकेश विकले जानकारी दिनुभयो । रासस

Friday, April 17, 2015

अमेरीकी पत्रिकाले बुद्धबारे लेख्यो -भारतियहरू हल्ला बढी गर्छन्

सुनसरी, २०७२ बैशाख ३ गते
buddha-obama
अमेरीका । अमेरीकाको पत्रीकाले बुद्धबारे लेख्यो भारतियहरू हल्ला बढी गर्छन् । बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्यलाइ केही भारतियहरूले बेला बेलामा बिभिन्न तवारले तोडमोड गरीरहन्छन् । यही तोडमोडलाइ प्रष्ट पार्दै हालै अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले एक समाचार छापेको छ । पत्रिकाले समाचार नै यसरी बनाएको छ । भारतियहरूले हल्ला गरे जस्तो होइन ।
उक्त पोस्टको समाचार यस्तो छ ।
Nepal battles misconceptions over Buddha’s birthplace
Que.: Where was the Buddha born?
To hear many Indians talk, you’d think it was India, where he attained enlightenment and gave his first sermon.
But the people of Nepal know better — and they are eager to correct misconceptions about the Awakened One, considered one of the world’s most revered figures.
Next month, Nepal will circulate a new 100-rupee note with the imprint, “Lumbini: The Birthplace of Lord Buddha.” The currency is part of the government’s most recent effort to correct the record.
It comes amid protests following a promotional video on the private Indian channel Zee TV, which claimed the Buddha was born in India.
Zee TV corrected the error, but Nepal Cable TV Association blocked the channel when the new series on the life of Buddha premiered on Sunday (Sept. 8). The association’s chairman described the move as a way to prevent possible unrest in the country, which is predominantly Hindu but proud of its Buddhist heritage.
“We believe it was a mistake by Zee TV,” said association Chairman Sudhir Parajuli. “The official stand of the Government of India is that the Buddha was born in Nepal, but a few people not having sufficient knowledge proclaim that his birthplace is in India.”
Most scholars agree that Buddha was born in 623 B.C. in the sacred area of Lumbini located in the plains of southern Nepal. An inscription on a pillar erected by the Mauryan Emperor Ashoka in 249 B.C. testifies to it.
Still the misconception persists.
In 2010, Indian-American journalist Fareed Zakaria, host of CNN’s flagship foreign affairs show and editor-at-large at Time magazine, sparked protests in Nepal for stating in a book that the Buddha was Indian.
And just this Monday (Sept. 9) at a Buddhist function in Delhi, the state’s Chief Minister Sheila Dikshit referred to the Buddha, saying, “India has been fortunate that he was born here and today we find that his message spread to millions of people brings them solace and comfort all over the world.”
In April, a former TV journalist from Nepal, Rabi Lamichhane, returned to his country from the United States determined to clear the record. He did so by staging a marathon talk show that lasted 62 hours and 12 minutes titled “Lord Buddha was born in Nepal.” The marathon was certified by the Guinness World Records as the longest talk show.

Saturday, April 4, 2015

निर्माणाधीन एउटा घरको सेफ्टी ट्यांकी खोल्ने क्रममा करेन्ट लागेर ४ जनाको मृत्यु

निर्माणाधीन एउटा घरको सेफ्टी ट्यांकी खोल्ने क्रममा करेन्ट लागेर ४ जनाको मृत्यु
धनुषा । धनुषाको जनकपुरमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ । जनकपुर बजारमा निर्माणाधीन एउटा घरको सेफ्टी ट्यांकी खोल्ने क्रममा करेन्ट लागेर आज बिहान ४ जनाको मृत्यु भएको हो । जनकपुर उपमहानगरपालिका १६ को पुल्चोकमा आज विहान साढे ८ बजे करेन्ट लागेर मृत्यु हुनेमा तीन जना घरमा काम गरिरहेका मिस्त्री हुन् । साथै उनीहरुलाई बचाउन गएका अर्का एकजना स्थानीयको पनि करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको शिवपुर १ का मिस्त्रीहरु सुनिल दास, श्याम मुखिया र मिलन मन्डल खतवे छन् भने उनीहरुलाई बचाउन गएका २६ वर्षिय अरुण साह छन् । करेन्ट लागेर मिस्त्रीहरु ट्यांकीमा खसेपछि बचाउन गएका साहलाई पनि करेन्ट लागेको थियो । बेहोस भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । स्थानीयका अनुसार बिजुलीको मिटर नजोडिएको उक्त निर्माणाधीन घरमा हुक लगाएर बिजुली तानेर काम गरिएको थियो । ट्यांकीमा पानी भएका कारण उनीहरुलाई करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । 

Thursday, March 26, 2015

रैना पनि गए, भारत संकटमा अष्ट्रेलियाद्वारा ३२९ को लक्ष्य, पछ्याउँदै भारत




IND-vs-AUS
सिड्नी (एजेन्सी), चैत्र १२ - अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेटको सेमिफाइनलमा विहीबार ३ सय २९ रनको विजयी लक्ष्य पछ्याएको भारतले २३ औं ओभरमा सुरेश रैना (७) लाई गुमाएको छ । उनको विकेट जेम्स फल्कनरले लिएका हुन् । भारत २४ ओभरमा ११०–४ को खराब स्थितिमा पुगेको छ ।

अष्ट्रेलियाद्वारा ३२९ को लक्ष्य, पछ्याउँदै भारत


विश्वकप क्रिकेटको दोस्रो सेमीफाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ३२९ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ राजेेको अष्ट्रेलियाले डिफेन्डिङ च्याम्पियन विरुद्ध पूरा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३२८ रन बनाएको हो । अष्ट्रेलियको लागि स्टेभेन स्मिथले ९२ बल खेल्दै १०५ रन जोडे । उनले भारतविरुद्ध २ छक्का र ११ चौका हानेका थिए ।
ओपनर आरोन फिन्चले ८१ रन जोडे । चौथो ओभरको पहिलो बलमै अष्ट्रेलियाली ओपनर वार्नरलाई पभेलियन फर्काए पनि भारतले दोस्रो विकेटको लागि ३५ ओभर कुर्नुपर्‍यो । उमेशर उमेश यादवको बलमा स्मिथ आउट हुँदा अष्ट्रेलियाले १९७ रन बनाइसकेको थियो । अष्ट्रेलियाको स्कोर उकास्न स्मिथ र फिन्चले १८२ रनको पारी खेले ।
अष्ट्रेलियाको लागि वाटसनले २८, म्याक्सवेलले २३ ,फाउल्कनरले २१ र कप्तान क्लार्कले १० रन जोडे । भारतीय बलर उमेश यादवले चार विकेट लिए । उनको बलमा वार्नर, स्मिथ र फिन्च क्याच भए । फाउल्करलाई उनले ४७ औं ओभरमा बोल्ड गरेका थिए ।
आजको खेलमा विजेताले आइतबार फाइनलमा न्यूजिल्याण्डको सामना गर्नेछ ।



 
याे पनि पढ्नुहाेस् ।
दोस्रो सेमिफाइनलका निर्णायक तत्व










 

प्रकाशित मिति: २०७१ चैत्र १२ ०९:४१ 

Tuesday, September 23, 2014

तिम्रा आँखाभन्दा पर


शीलाले अर्को विवाह गरिछे।
स्काइपमा आमाले गाँऊको खबर सुनाउनुभयो।
किन गर्नुपर्यो होला त्यसलाई अर्को विवाह ? –
आफ्नै मनलाई सोधे– छोरा छंदै थियो, गरेर खान
पुग्ने खेतवारी छंदै थियो, यति उमेर
गइसकेपछि पनि किन अर्को विवाह गरेकी होली ?
मनबाट जवाफ आएन।
आङ तान्दै ऐनामा आफैलाई हेरेँ। मेरो त अझै
विवाह भएको छैन।
मभन्दा कान्छी त्यो शीलाले दोस्रो विवाह
गरीसकी भन्दा विश्वास पनि लागेन। उसको त
छोरो नै विदेश गइसकेको छ।
कुरा गर्दागर्दै कता हराइस् –
आमा स्काइपमा कराउनुभयो।
यहाँ अलिकति काम गर्दैछु – मैले अनुहार नदेखाइ
भने।
मेरो अनुहारमा कताकता पीडा झल्किएको ऐनामा
देखिसकेको थिए। त्यो पीडा आमाले नदेख्नुहोस्
भन्ने चाहन्थेँ।
आमाले कहिलेकाँही स्काइपमा हस्याङ फस्याङ
गर्दै गाऊका र आफ्ना खवरहरु सुनाउनु हुन्छ
किनकी कुरा गरिरहंदा वत्ती जाला भन्ने त्रास
उहांमा हुन्छ। उहां सकेसम्म वढी सुनाउन
चाहनुहुन्छ। सात समुद्र
पारी बसेपछि गाऊघरका खवर
सुन्दा पनि रमाइलो हुन्छ। तर आज साह्रै
नरमाइलो लाग्यो। यस्तै
नरमाइलो शीलाको पहिलो विवाह
हुँदा पनि भएको थियो।
मलाइ घर बसेको हेर्न साह्रै मन पर्छ – आफ्नै
मनसँग भने – तर आज किन आज शीलाको घर
वसेकोमा खुसी लागिरहेको छैन।
शीलाको पहिलोपटक विवाह
हुँदा नरमाइलो लाग्नुमा एउटै कारण थियो – ऊ मैले
मन पराएकी पहिली युवती थिइ।
शीलाको दोस्रो विवाह
भएको सुन्दा नरमाइलो लाग्नुका दुईवटा कारण
भए – पहिलो, यो विवाह पनि टिक्ला भन्ने मलाई
लागेन। दोस्रो, आफ्ना भन्नेमा आमा छोरामात्रै
थिए अव उनीहरुवीच पनि टाढाको सम्वन्ध
जस्तो हुने भयो।
मैले फेरि पुराना दिनहरु सम्झिएँ। विवाह
गरेको अर्को साल तिरै होला,
उसको छोरो जन्मिएको थियो।
शीलाको छोरो जन्मिएको सुनेपछि मलाई भने
कताकता औडाहा भएको थियो।
घरीघरी शीलाको विवाह भएको वर्षको दशै
मनमा आइरह्यो। त्यो एकान्त र
त्यो हामीवीचको समर्पणका दृश्यहरु
दिमागमा दोहोरिए।
मनमा डर लागिरह्यो – कतै ठूलो हुँदै
जाँदा त्यसको र मेरो अनुहार त मिल्दैन ?
शीलाको लोग्नेले आफूसँग छोराको अनुहार
नमिलेको भन्दै कतै शीलालाई केरकार त गर्दैन ?
तर केही वर्षसम्म
पनि त्यस्तो शंकाको कुरा कतैबाट
नआउँदा मनमा ढुक्क भयो। केही वर्ष
पछि दशैमा घरमा जाँदा शीलाको घर
नजिकको वारीको डिलमा एउटा फुच्चे
खेलिरहेको थियो।
हिर्काऊ
फुच्चेले त ढुंगो टिपेर म तिर पो ताक्यो।
म जोगिन खोज्दै थिए।
शीला दौडिएर आएर ढुंगा खोसी।
कुनै समय उसकी आमाको सवैभन्दा प्रिय थिए,
आज उसकै छोराले ढुंगा ताकिरहेको छ। मनमनै
हांसे।
मैले फुच्चेको अनुहार हेरेँ।
शीलाले मेरो मनको कुरा वुझि क्यार थोरै लजाए
जस्तो गरी । फेरि पनि मायालु नजरले हेरी।
लुन्दी, अनुहार मिल्छ कि भनेर डराएको ?
शीलाले उल्टै जिस्काई।
यस्ता कायरले किन सपना पाल्नु ? सम्हाल्न
नसक्नेले किन सम्हाल्ने जस्तो अभिनय गर्नु ?
– शीलाले मलाई उत्तर नै नभएका प्रश्नहरु गरी।
म मौन वसे।
अहिलेसम्ममा मेरो जीवनमा पनि धेरै प्रेमिकाहरु
आए र गए। म अहिले पनि सवैलाई प्रेमिका नै
ठान्छु। प्रेम वा प्रेमिका पुर्व हुन्छन्
जस्तो लाग्दैलाग्दैन। व्यवस्थापन गर्न
जान्नुपर्छ। प्रेम सवै वर्तमान नै हो। शायद
शीला पनि यही ठान्छे होला। म उसका लागि पराइ
भइसकेको थिए तर आफन्त ठान्छे र उसको लोग्ने
आफ्नु भएको छ तर अझै पनि उसलाई
मभन्दा पराइ ठान्छे।
उसको अनुहार हेर्दा लाग्थ्यो –मनको कुनामा त
अझै पनि म नै छु। उसको लोग्नेसँग त उसले
संझौता गरेकी हो। निश्चित समय
विताउनका लागि।
हुन पनि त्यस्तै भइदियो।
कामका लागि खाडी मुलुक पुगेको शीलाको लोग्ने
फर्किएन। लास पनि गाऊ ल्याए कि ल्याएनन्,
मैले हेक्का राख्न सकिन। कसैले
सुनाउँदा शीलापट्टी ध्यान जान्थ्यो।
फेरि आफ्नो कामले विर्सिंदिन्थे।
आज आमाले उसको दोस्रो विवाह
भएको सुनाउँदा भने तत्कालै विर्सिंन सकिन।
आज खाडी मुलुकमा भएको शीलाको छोराको साह्रै
माया लाग्यो। सांच्चै, त्यो मेरै
छोरा हो जस्तो लाग्यो। खाडी मुलुकमा एक्लै
भएको छोरालाई दौडिएर गएर ल्याऊ
जस्तो लाग्यो तर संभव भएन।
अव शीला र शीलाको छोरो मेरो मनमा नियमित
खेल्न थाले। मेरो मन
विचित्रको दुविधामा परेको थियो। यही मनले
कहिले शीलाले ठिकै निर्णय गरी भन्थ्यो कहिले
शीलाले गलत गरी भन्थ्यो।
एक मनले भन्थ्यो – भएको एउटा लोग्ने कहां म
¥यो उसलाई पत्तै भएन। मरेको धेरै दिन
पछि थाहा पाइहोली।
जीन्दगीको एउटा पाटो गुजारी। मजदुरी गरेर
छोरो हुर्काइ। पढाउन भने सकिन। १४ वर्ष
पनि पुग्दा नपुग्दै छोरोले उमेर वढाएर
नागरिकता वनायो। एउटी भएकी आमालाई छोडेर
उड्यो विदेशतिर। वावुको जस्तै
नियति नहोला भन्ने के विश्वास ?
एउटी शीला कसरी एक्लो जिन्दगी विताओस् ?
कति कुरी राखोस् त्यो घर ? जहां उसलाई
घरजस्तो लाग्ने कोही छैन। ऐना सामु आफैलाई
हेर्दी हो। अझै जवानी पुरै वांकी छ। वाध्यात्मक
अवस्थामा विवाह गरिदिएकोले मात्रै पहिला ऊ
जवान हुन वाध्य भएकी हो। उमेरले त अव जवान
हुँदै छे। उसँगका धेरै केटीहरुको अझै विवाह
भएको छैन। शहरमा उच्च शिक्षा पढ्दैछन्।
नयां जीवनको खोजी गर्दैछन्। शायद उसले
आफैले रोजेको केटासँग विवाह गरी।
शीलाले गर्न सक्ने अरु केही थिएन। कसैलाई
पट्याई वा एक्ली आइमाइको वैसले कसैलाई
तान्यो। अर्को विवाह गरी। मैले विवेक लाए र
उत्तर पाए – एक्लो पट्यार लाग्दो जीवन
विताउनुभन्दा त विवाह गरेर ठिकै गरिछे।
अर्को मनले भन्थ्यो –त्यो छोराले
आमाको नयां लोग्नेमात्रै देख्छ,
त्यसमा आफ्नो मरेको वावु देख्दैन। जव
आफ्नो छोराले आफ्नो पतिमा वावु देख्दैन,
त्यस्तो पतिसँग कुनै पनि महिला धेरैदिन वस्न
सक्दैनन्।
दिन बिते। मलाई एउटा कुरा वोध भयो। सत्य र
विश्वास एकदम फरक कुरा रहेछन्।
शीलाको छोरालाई शीलाको मरेको पति नै
उसको वावु हो भन्ने विश्वास छ तर सत्य अर्कै
हुन सक्छ। मलाइ कता कता विश्वास बढ्दैछ,
त्यो मेरो छोरा हो तर सत्य त्यो भन्दा धेरै अलग
पनि हुनसक्छ।
...
आमा फेरि एकदिन स्काइपमा हस्याङ फस्यांङ
गर्दै देखिनुभयो।
शीलाको दोस्रो विवाह पनि टुट्यो – आमाले
फेरि सुनाउनु भयो। त्यसपछि शीलाका खवरहरु
क्रमश आइरहे।
गाँऊमा संचारको विकास हुँदै गयो।
शीलाको हातमा पनि मोवाइल फोन परेको सुने।
मसँग उसको नम्वर थिएन। कसैसँग माग्ने आंट
पनि गरिन। एकदिन मेरो फेसवुकमा उसको फ्रेण्ड
रिक्वेष्ट थियो। वर्षाैपछि हामी पुन
सम्पर्कमा जोडियौ।
मैले फोन गर्दा पहिलो चोटी त कुरै हुन पाएन। ऊ
रोइ मात्र रही। मैले केही वेर संझाउन खोजे।
वर्षौ देखिको पीप भरिएर
डन्किएको शीलाको मनको घाऊ आज निचोरिए
जस्तो भएको थियो। रुन वाहेक केही गरिन।
विस्तारै, फोनमा कुराकानीको क्रम नियमित हुन
थाल्यो। एसएमएसहरु आदान प्रदान भइरहे।
तिमीले किन दोस्रो विवाह गरेकी ? – उसलाई
असजिलो होला भन्ने ठान्दा ठान्दै पनि मैले
एकदिन सोधेको थिए।
आवश्यकता वोध भएर – उसले सोझो जवाफ
दिएकी थिइ।
अनि तिमीले किन विवाह नगरेको नि ? – एकछिन
पछि उसले मलाई सोधी।
खासै कारण छैन। यत्तिकै ढिला भइरहेको छ –
मेरो जवाफ थियो।
म जस्ता केटीहरु तिम्रो जीवनमा आउने जाने
भइरह्यो होला, त्यसैले तिमीलाई आवश्यकता वोध
भएन होला – उसैले जवाफ दिइ।
आजकल कुरा गर्दा ऊ मलाइ जिस्काउँथी। म
लजाउँथे।
फुच्ची, पहिला पहिला मैले अलिकति हात
वढाउँदा मात्रै पनि रुन्थ्यौ, अहिले मलाई
जिस्काउँछौ ? – मैले भने।
अव तिमी भन्दा म अनुभवी भएकी छु –
उसको सोझो जवाफ हुन्थ्यो।
अझै आवश्यकता वोध भइरहेको छ कि अव
थाक्यौ ? – मैले सोधे।
मञ्चमा जति नै आदर्श छांटे पनि पर्दाभित्र
पुगेपछि सवैले आवश्यकता वोध गर्छन –
फेरि सोझो जवाफ दिएर मलाई अवाक
वनाएकी थिइ।
म तिमीलाई भेट्न आउँछु
मैले एकदिन अनायशै भनिदिए।
भो नआउनु, दुई पल साथ दिएर जिन्दगीभरी आशु
दिनेहरु भेट्नु मलाई छैन।
शीलाले आफ्नो पीडा ओकली।
यो यथार्थ पनि थियो।
सुरुमा मैले खुसी दिन खोजेको थिए।
आफ्नो जीन्दगी बनाउन उसको जीन्दगीको वास्तै
नगरी भागेँ।
शायद, उसको पतिले पनि खुसी दिन लागेको थियो।
ऊ कतै खाडीमा वित्यो। हुर्किदै गएको छोरोले
खुसी दिन लागेको थियो होला, ऊ पनि लाहुरे
भइदियो। उसलाई सांच्चि नै औडाहा हुदो हो , भेट
भयो, केही आश पाल्यो अनि फेरि संझिएर
रोइरह्यो।
सम्झिएर रुनै परे पनि तिमीसँग भेट्न पाउँदा म
खुसी नै हुन्छु।
शीलाले निश्कर्ष सुनाइ।
म पनि शीलासँगको साथमा पूर्ण रुपमा रमाउन
पाएको थिइन। मैले जीवनमा पहिलो पटक हात
वढाएकी केटी शीला नै थिइ। मैले
जति पनि सम्पर्कमा केटी साथीहरु आए,
ती कसैमा पनि शीलाको जस्तो आकर्षण पाउन
सकेको थिइन।
म आउँछु – मैले वाचा गरे।
म पर्खिन्छु – उसले दृढता देखाइ।
हाम्रा संवाद टुगिए।
एसएमएस र अन्य नियमित कुराकानी नियमित
रहिरहे।
साच्च्चिनै एकदिन लडहमा नै मैले कामबाट १
महिनाको छुट्टी लिए। सामानहरु किने। लुइभेल
एयरपोर्टमा पुग्दा समेत पनि नेपाल जाने
कि नजाने भन्ने दुविधामा नै थिए। म चुम्बकले झैं
तानिएको थिए। आफैंलाई रोक्न सकिरहेको थिइन।
अमेरिकन
एयरको विमानमा चढिसक्दा पनि नजाऊ
कि जस्तो लागेको थियो तर रोकिइन। लुइभेलबाट
उडेको केही क्षणमा नै सिकागो पुगिसेको थिए र
गल्फ एयरको विमानबाट उडे अवुधावीतर्फ।
अवुधावीमा करिव ८ घण्टाको ट्रान्जिट पट्यार
लाग्दो थियो। लाउन्जमा पल्टिएँ। केही प्याग
ह्वीस्की पिए। मनमा छटपटी वढी रहेको थियो तर
समय झन् तन्किए जस्तो लाग्यो।
कहिलेकाँही पिउने भएकोले मलाइ झुम्म बनायो।
हट एण्ड सावर सुप पिउन मन लाग्यो। सुप हाल्दै
गर्दा अर्कोपट्टी मलाइ नै देखे। ऐना हो कि भनेर
निहालेर हेरेँ। होइन अर्कोपट्टी पनि म नै छु।
ह्वीस्की अलिवढी लागेको हो कि भनेर नियन्त्रित
हुन खोजे। आँखा मिचे। अर्कोपटी ठ्याक्कै म नै
खानेकुराहरु मिलाइ रहेको छु। ध्यान दिएर हेरेँ।
केवल उमेरको अन्तर छ तर अनुहार, शरिर,
वोलीचाली र हाऊभाऊ मेरो नै हो।
अब मलाइ कुनै शंका बाँकी रहेन। यो मेरो र
शीलाको छोरो हो।
ह्वीस्कीको नशामा मैले आफूलाई नियन्त्रण गर्न
सकिन।
छोरा – अनायशै बोलाएँ।
मलाई बोलाउनु भएको अंकल ?– ऊ म पट्टी नै
आयो।
हो छोरा – मैले तिमीलाई नै बोलाएको हुँ – म झन्
नजिक गए। मायाले अंगालो मारे।
तपाइ झुक्किनु भो होला अंकल, म
तपाइको छोरा होइन – उसले शिष्टतापूर्वक जवाफ
दियो– अंकललाई लागेजस्तो छ , म काउचसम्म
पुर्याइदिऊ ?
ऐनामा हेरत, तिम्रो र मेरो अनुहारमा के फरक छ ?
– सोधे।
मेरो वुवा मर्नुभयो अंकल – उसले
मेरो प्रश्नको जवाफ दिएन। मनको पीडा पोख्यो –
तपाइँ जत्तिको वुवा पाएको भए मैले
यो खाडीमा रगत वगाउन आउनु पर्ने थिएन होला।
मैले तिमी मेरो नाजायज छोरा हौ भन्नै सकिन।
परिस्थितिले आफ्नै सन्तान पनि आफ्नो नहुने
रहेछ। कुनै पनि मान्छेले आफू नाजायज सन्तान
भएको सुन्न चाहदैन। त्यही भएर मैले वताउन
सकिन। ऊ कतै गयो, मेरो आधा मुटु टुक्रिएर
खाडीमा छुट्यो। म अधुरो जस्तो महसुस हुँदै नेपाल
पुगे।
काठमाडौमा पुगेपछि म आफ्नो घरपट्टी नगइ
रात्री वसमा चढेर हुइकिए शीलाको गाऊतिर।
भोलिको रात पुरै शीला र म मात्रै एउटा घरमा हुने
छौ। उसले मलाई र मैले उसलाई सम्पुर्ण
रुपमा पाउने छौ। म अधैर्य भएको थिए।
शीला नजिक पुग्न। शीलालाई सरप्राइज नै होस्
भनेर मैले आफू आउन
लागेको जानकारी पनि दिइन।
साँझमा शीलाको घर नजिकको चौतारीमा पुगे।
शीलाको घरपट्टी नजर लगाए। घर सुनसान थियो।
एक्ली आइमाइ घाम नअस्ताउँदै बाहिरी काम
सकी होली। अँगेनामा एकमाने भड्डुमा भात पकाइ
होली। भुलुक्क गुन्द्रुक उमाली होला र खाइ
होला। खानु उसको रहर होइन,
बाच्नका लागि खाँदी हो।
फेसवुक मेसेन्जरमा उसले शुभरात्रीको सन्देश
पठाई। शायद सुत्न लागेकी होला। मैले
पनि शुभरात्री भनेर लेखेँ।
केही वेर कुरे। कोही छिमेकीहरु नआउन् भनेर अझै
रात पार्न थाले। गाऊमा अझै मेरा आफन्तहरु
बाँकी नै थिए। थाहा पाए भने आफन्तकोमा नआएर
किन शीलाको घरमा गयो भनेर भोलिबाट
कुरा काट्न थाल्छन्। शीला चरित्रहीन
भएको आरोप लगाएर गाऊबाट लखेट्न सक्छन्।
म जसलाई माया गर्छु भने उनीहरुको जहिले
पनि सम्मान भइरहोस भन्ने चाहन्छु।
मैले शीलासँग यो रात बिताउँदा भोलि उसलाई कुनै
पनि संकट नआओस भनेर अलिबेर कुरेँ। मन भने
कुन वेला उसलाई भेटौ र अंगालोमा वेरौ भनेर
रोमाञ्चित भइरहेको थियो। तर विवेकले कुर्न
भनिरहेको थियो। मनमा शीलापट्टी हात
बढाएको पहिलो दिन र शीलाले मलाई समपर्ण
गरेको दिन झलझली आइरहेको थियो।
ढोका ढक्ढकाए।
हातमा सोलार टुकी लिएकी एउटी अधवैसे आइमाइ
झुल्किई।
यो कसको घर हो ?
मेरै हो
मैले निहालेर हेरेँ। शीला त उही पो रहिछे।
मैले पहिलो पटक हात बढाएकी शीला,
विवाहको पहिलो वर्षको अनुभव सँगालेकी शीला र
दुःखै दुःखले खाएर खिएकी, मन भित्रभित्रै
पाकीसकेकी शीलामा आकास जमिनको फरक
भइसकेको थियो।
मेरो मनकी शीला र मेरो सामुन्नेकी शीलामा कतै
पनि मेल थिएन।
कसलाई खोज्नुभयो ?
होइन, म त परदेशी हु, बाटो विराए।
मैले तत्कालै ढांटे।
संक्रान्ति जाने बाटो कता होला ?
संक्रान्ति टाढा छ। राती पुग्नु हुन्न आज यतै
बस्नुहोस्, भोलि जानु होला।
शीलाको आग्रह ठिकै थियो।
शीला मानवीय आधारमा मलाई रोक्दै थिई कि ?
एउटा पुरुषको निकटता आवश्यक भएर रोक्दै थिइ
कि ? मलाई चिनेर नै रोक्दै थिई ? आज मैले
शीलालाई पढ्न सकिन। मैले पढ्न र बुझ्न सक्ने
शीला र आजकी शीला धेरै फरक भइसकेकी थिइ।
होइन, मलाई हतार छ, गइहाल्छु।
मैले शीलाको प्रतिक्रिया पनि नसुनी हिडिहाले।
केही पर चौतारामा पुग्दा शीलाको म्यासेज
फेरि मेसेन्जरमा देखा प¥यो।
मैले धेरैवेर म्यासेज पढ्नै सकिन। मनमा एक
प्रकारको त्रास भइरह्यो। अन्तत शाहस जुटाएर
पढेँ।
भर्खरै एउटा मानिस घरमा आएर गयो – पढ्न
फेरि रोकिए। शाहस जुटाएर फेरि पढे –
बत्तीको उज्यालोमा त्यो मान्छे तिमी जस्तै
लाग्यो। मैले त्यसलाई रोक्न खोजे तर पनि गयो।
मैले लामो श्वास ताने।
एउटा कुरा भनौ – उसले अनुमति माग्दै
लेखेकी थिइ – त्यो मान्छे बसेको भए म आज
रातभर तिमीलाई सम्झने थिइन। हरेक
मान्छेजस्तै, म तिम्रा आँखा भन्दा पर वद्मास
छु। तिमी कहिले कहिले आउने ?