Saturday, April 4, 2015

निर्माणाधीन एउटा घरको सेफ्टी ट्यांकी खोल्ने क्रममा करेन्ट लागेर ४ जनाको मृत्यु

निर्माणाधीन एउटा घरको सेफ्टी ट्यांकी खोल्ने क्रममा करेन्ट लागेर ४ जनाको मृत्यु
धनुषा । धनुषाको जनकपुरमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ । जनकपुर बजारमा निर्माणाधीन एउटा घरको सेफ्टी ट्यांकी खोल्ने क्रममा करेन्ट लागेर आज बिहान ४ जनाको मृत्यु भएको हो । जनकपुर उपमहानगरपालिका १६ को पुल्चोकमा आज विहान साढे ८ बजे करेन्ट लागेर मृत्यु हुनेमा तीन जना घरमा काम गरिरहेका मिस्त्री हुन् । साथै उनीहरुलाई बचाउन गएका अर्का एकजना स्थानीयको पनि करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको शिवपुर १ का मिस्त्रीहरु सुनिल दास, श्याम मुखिया र मिलन मन्डल खतवे छन् भने उनीहरुलाई बचाउन गएका २६ वर्षिय अरुण साह छन् । करेन्ट लागेर मिस्त्रीहरु ट्यांकीमा खसेपछि बचाउन गएका साहलाई पनि करेन्ट लागेको थियो । बेहोस भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । स्थानीयका अनुसार बिजुलीको मिटर नजोडिएको उक्त निर्माणाधीन घरमा हुक लगाएर बिजुली तानेर काम गरिएको थियो । ट्यांकीमा पानी भएका कारण उनीहरुलाई करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । 

No comments:

Post a Comment