Thursday, March 26, 2015

रैना पनि गए, भारत संकटमा अष्ट्रेलियाद्वारा ३२९ को लक्ष्य, पछ्याउँदै भारत




IND-vs-AUS
सिड्नी (एजेन्सी), चैत्र १२ - अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेटको सेमिफाइनलमा विहीबार ३ सय २९ रनको विजयी लक्ष्य पछ्याएको भारतले २३ औं ओभरमा सुरेश रैना (७) लाई गुमाएको छ । उनको विकेट जेम्स फल्कनरले लिएका हुन् । भारत २४ ओभरमा ११०–४ को खराब स्थितिमा पुगेको छ ।

अष्ट्रेलियाद्वारा ३२९ को लक्ष्य, पछ्याउँदै भारत


विश्वकप क्रिकेटको दोस्रो सेमीफाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ३२९ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ राजेेको अष्ट्रेलियाले डिफेन्डिङ च्याम्पियन विरुद्ध पूरा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३२८ रन बनाएको हो । अष्ट्रेलियको लागि स्टेभेन स्मिथले ९२ बल खेल्दै १०५ रन जोडे । उनले भारतविरुद्ध २ छक्का र ११ चौका हानेका थिए ।
ओपनर आरोन फिन्चले ८१ रन जोडे । चौथो ओभरको पहिलो बलमै अष्ट्रेलियाली ओपनर वार्नरलाई पभेलियन फर्काए पनि भारतले दोस्रो विकेटको लागि ३५ ओभर कुर्नुपर्‍यो । उमेशर उमेश यादवको बलमा स्मिथ आउट हुँदा अष्ट्रेलियाले १९७ रन बनाइसकेको थियो । अष्ट्रेलियाको स्कोर उकास्न स्मिथ र फिन्चले १८२ रनको पारी खेले ।
अष्ट्रेलियाको लागि वाटसनले २८, म्याक्सवेलले २३ ,फाउल्कनरले २१ र कप्तान क्लार्कले १० रन जोडे । भारतीय बलर उमेश यादवले चार विकेट लिए । उनको बलमा वार्नर, स्मिथ र फिन्च क्याच भए । फाउल्करलाई उनले ४७ औं ओभरमा बोल्ड गरेका थिए ।
आजको खेलमा विजेताले आइतबार फाइनलमा न्यूजिल्याण्डको सामना गर्नेछ ।



 
याे पनि पढ्नुहाेस् ।
दोस्रो सेमिफाइनलका निर्णायक तत्व










 

प्रकाशित मिति: २०७१ चैत्र १२ ०९:४१ 

No comments:

Post a Comment